१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २६ आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २६ आइतबार २o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अब शेखर कोइरालाको नेतृत्वमा कांग्रेस उज्यालो देखिन्छ : गगन थापा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २६ आइतबार २o:३६:oo

कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले अब डा. शेखर कोइरालाको नेतृत्वमा उज्यालो कांग्रेस देखिने बताएका छन् । काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा थापाले पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्व आवश्यक रहेको बताए।

थापाले कांग्रेस उज्यालो देखिने गरी आफू सहभागी नेतृत्वले काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्नुपर्ने पनि उनले बताए।

उनले भने, ‘यो अधिवेशन सकिनासाथ हामी सबै प्रतिनिधिहरू आ–आफ्नो घर जान्छौँ । यो अधिवेशनको प्रक्रियामा करिब ९ लाखभन्दा बढी क्रियाशील सदस्यहरू सहभागी हुनुभएको छ र जसले क्रियाशील सदस्यता लिनुभयो, वडामा सहभागी हुनुभयो र विभिन्न तहमा प्रतियोगीहरू छान्नुभएको छ । यो सकिसकेपछि पार्टीलाई सुदृढ बनाउने, बलियो बनाउँछौँ । त्यसपछि हामी पार्टीलाई निर्वाचनमा लिएर जान्छौँ । पार्टी निर्वाचनमा जाँदै गर्दा सबै पार्टीको सदस्यलाई सोध्यो भने निर्वाचन हामी जित्नुपर्छ भन्छन् । अघि शेखर दाइले भन्नुभयो– गठबन्धन सरकारलाई लिएर निर्वाचनसम्म जाने हो । निर्वाचन एक्लै लड्ने हो, जित्ने हो । तर, हाम्रो गणितले हामीलाई के भन्छ भने नेपालमा कम्युनिस्ट पार्टी मिलेको अवस्था हेर्याैँ, क्षेत्रीय पार्टी मिलेको अवस्था हेर्याैँ, नेपाली कांग्रेसले अरू सबै बिर्सिएर निर्वाचनको मात्रै चर्चा गर्ने हो भने निर्वाचन एक्लै जित्ने हो भने अहिले भएको मतदातामा करिब १०–१२ लाख अरू मतदाता थप्नुपर्छ । त्यसका लागि कांग्रेसमा यस्तो नेता चाहियो, जसलाई नेता र नेतृत्व यो भनेर हेर्दै गर्दा बाहिरका मानिसलाई कांग्रेसमा आऊँ आऊँ लागोस् ।’

थापाले सफा, पवित्र र निश्चल कांग्रेस शेखर कोइरालाको नेतृत्वमा देखिने भएकोले आफूहरूलाई जिताउन आग्रह गरे ।

ad
ad
ad
ad