१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २६ आइतबार
  • Sunday, 30 June, 2024
प्रतिकात्मक तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २६ आइतबार १४:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

साढे चार वर्षमा काठमाडौं महानगरमा २१० किमि सडक स्तरोन्नति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २६ आइतबार १४:२८:oo

काठमाडौं महानगरपालिकाभित्र साढे चार वर्षको अवधिमा दुई सय १० किलोमिटर सडक कालोपत्रे र ढलान गरिएको छ। त्यसमध्ये एक सय ९६ किमि सडक कालोपत्रे र १४.६८ किमि सडक ढलान गरिएको हो। आइतबार २७औँ महानगर दिवसका अवसरमा हालसम्म महानगरले गरेका कार्यप्रगति विवरण सार्वजनिक गर्दै नगरभित्रका अधिकांश सडक कालोपत्रे तथा ढलान भइसकेको जानकारी गराइएको हो।

प्रवक्ता ईश्वरमान डंगोलका अनुसार चार वर्षको अवधिमा झन्डै १० किलोमिटर सडकमा व्लक छापिएको छ भने २२६ किमि सडक मर्मतसहित चार किमि सडकमा ढुंगा छापिएको छ। महानगरभित्र १८ किमिभन्दा बढी ढल निर्माणको काम भएको उनले जानकारी दिए। उनका अनुसार महानगरपालिकाले अधिकांश वडाको भवन निर्माण गरिरहेको छ। हालसम्म ६ वटा वडा कार्यालय भवन निर्माण भइसकेका छन् भने १० वटा वडा कार्यालय भवन निर्माणाधीन अवस्थामा छन्।

१७ वटा पार्क निर्माण, ५३ वटा बन्दै
महानगरभित्र चार वर्षको अवधिमा १७ वटा नयाँ पार्क निर्माण भएका बताइएको छ। थप ५३ वटा पार्क निर्माणाधीन अवस्थामा रहेका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए। ती पार्क निर्माण भएपछि उपत्यकावासीलाई थप सहज हुने मेयर शाक्यले बताए।

साढे सात साखभन्दा बढीले लगाए कोभिडविरुद्धको खोप
काठमाडौं महानगरभित्र ७ लाख ६८ हजार ६ सय ६६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ। गत वर्षदेखि सुरु गरिएको खोप कार्यक्रममा अधिकांश महानगरवासी सहभागी भएको महानगरले जनाएको छ। खोप लगाउनेमध्ये तीन लाख ७९ हजार ४३ जना महिना र तीन लाख ८९ हजार ६ सय १७ जना पुरुष रहेका छन्। खोप लगाउन छुटेकालाई खोपको व्यवस्था गरिने महानगरले जनाएको छ। 

ad
ad
ad
ad