१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २५ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २५ शनिबार २१:o८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले र कांग्रेसको महाधिवेशन भिड जम्मा गर्ने थलो मात्रै : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २५ शनिबार २१:o८:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको महाधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भिड जम्मा गर्ने थलोको रूपमा रहेको टिप्पणी गरेका छन् । शनिबार माओवादी केन्द्रको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै प्रचण्डले  एमाले र कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको भन्दै टिप्पणी गरे । 

एमाले महाधिवेशनलाई पञ्च¥यालीको संज्ञा दिँदै उनले एमाले महाधिवेशन विचारहीनताको र विचार शून्यताको अधिवेशनका रूपमा सम्पन्न भएको दाबी गरे । अहिले चलिरहेको कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै आलोचना गरे । 

उनले भने, ‘अरू पार्टीले ठूल्ठूला अधिवेशन भनेर भिड जम्मा गर्ने गरेका छन् । तपाईं हामीले देख्यौँ, एमाले नामको अधिवेशन पनि देख्यौँ । अहिले कांग्रेसको अधिवेशन चलिराखेको छ । तर, ती सबै एमाले त मैले पञ्च¥यालीभन्दा अरू देख्दिनँ । त्यो विलकुल पञ्च¥याली, सिद्धिने वेलाको, निभ्ने वेलाको बत्ती भन्या जस्तो मात्रै हो । त्यहाँ न कुनै विचार, न कुनै बहस, न कुनै विधि, न कुनै पद्धति, निरंकुशताको, विचार शून्यता र विचारहीनताको अधिवेशनको रूपमा गयो त्यो । दुनियाँले देख्यो । तपाईं हामी सबैले देख्यौँ नि त्यहाँ कुनै प्रस्तावमाथि छलफल भयो ? कुनै विचारमा बहस भयो ? त्यहाँ माक्र्सवादको म पनि उच्चारण गरियो नेतृत्वबाट कहीँ ? समाजवादको कुरा गरियो भन्दा कहीँ केही छैन । त्यहाँ व्यक्ति पूजाको कुरा गरियो । व्यक्तिको अन्धताको प्रचार गरियो । र, सिद्धान्तहीनताको प्रदर्शन गरियो । कांग्रेसको पनि हामी हेरिराख्या छौँ, उहाँहरूको त झन् विचार, सिद्धान्त, सम्मेलन भनेको हिजो उद्घाटन भयो, आज नोमिनेसन हुन्छ, भोलि फिर्ता लिने गर्ने हुन्छ । पर्सि चुनाव हुन्छ सिद्धियो । त्यहाँ राष्ट्र कस्तो बनाउने ? कसरी लैजाने ? हाम्रो संविधानले भनेको समाजवादउन्मुख राज्य कसरी बनाउने होला भन्नेतिर बहस छैन । इतिहासको समीक्षा हामीले कसरी गर्ने ? हाम्रा कमजोरीहरू कहाँ भए ? हामीले ती कमजोरीहरू कसरी सच्याउने भन्नेतिर ती ठूला भनिएका दुइटै पार्टीका महाधिवेशनमा कहीँ कतै चर्चा भएको तपाईं हामीले देख्यौँ त ?’

प्रचण्डले आगामी राष्ट्रिय सम्मेलनबाट २१औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने पनि बताए । उनले माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको भन्दै माओवादीलाई हराउने तागत नेपालमा कसैको नभएको दाबी गरे । उनले आगामी चुनावमा एक नम्बर पार्टी हुने गरी आक्रामक रूपले प्रस्तुत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।