मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २३ बिहीबार
  • Wednesday, 18 December, 2024
श्रवण थापा सर्लाही
२o७८ मङ्सिर २३ बिहीबार १o:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस क्षेत्रीय अधिवेशन : सर्लाही १ र २ मा संस्थापनइतर विजयी

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७८ मङ्सिर २३ बिहीबार १o:२७:oo

सर्लाहीमा जारी नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत दुई क्षेत्रमा संस्थापनइतर विजयी भएको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा संस्थापनइतरले क्षेत्रीय सभापति पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । बिहीबार सम्पन्न मतगणनाअनुसार जिल्लाको क्षेत्र नम्बर १ मा इतर पक्षका हरि लुंगेली मगर र २ मा कौशलकिशोर राय निर्वाचित भएका हुन् । संस्थापन पक्षबाट प्रतिस्पर्धामा उत्रिएका एकका कुवेर आचार्य र दुईका रुपेशकुमार पराजित भए । दुवै क्षेत्रमा संस्थापन र इतरबीच कडा प्रतिस्पर्धा भएको थियो । 

कांग्रेसका दुवै पक्ष प्यानलै घोषणा गरेर चुनावी मैदानमा उत्रिएका कांग्रेस सर्लाहीले जनाएको छ । निर्वाचन परिणामअनुसार क्षेत्र नम्बर एकका विजयी क्षेत्रीय सभापति लुंगेलीले चार सय ५४ मत प्राप्त गरे भने पराजित भएका कुवेर आचार्यले तीन सय १७ मत मात्र पाए । यस्तै, क्षेत्र नम्बर दुईबाट निर्वाचित कौशलकिशोर रायले तीन सय ८८ मत प्राप्त गरे भने उन्का निकटतम प्रतिस्पर्धी रुपेश कुमारले तीन सय ६८ मत मात्र प्राप्त गरेका छन् । 
 
यस्तै, एक र दुई दुवै क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा पनि संस्थापनइतर नै हाबी भएको छ । मत परिणामअनुसार क्षेत्र नम्बर एकमा महाधिवेशन प्रतिनिधिमा संस्थापन इतरका १५ जना र संस्थापनका नाैजना मात्र विजयी भएका छन्  भने दुई नम्बर क्षेत्रमा अधिकांश संस्थापनइतरका महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधि बनेका पूर्वमन्त्रीसमेत रहेका शम्भुलाल श्रेष्ठसमेत आदिवासी जनजाति कोटाबाट निर्वाचित भएका छन् ।
 
यस्तैै, संस्थापन इतरले क्षेत्र नम्बर दुईमा पनि बाजी मारेको छ । संस्थापन पक्षमा रहेका जिल्ला सभापति नागेन्द्र राय र इतरपक्षमा रहेका पूर्वजिल्ला सभापति लक्षमण रायबीच  कडा टक्कर देखिएको थियो । इतर हाबी बनेको दुई नम्बर क्षेत्रमा जिल्ला सभापति नागेन्द्रकुमार रायसमेत महाधिवेशन प्रतिनिधिमा पराजित भए भने पूर्वजिल्ला सभापति एवं इतरपक्षका नेता लक्षण राय विजयी भए ।  

क्षेत्रीय सभापतिमा जिल्ला सभापतिका तर्फबाट नातामा भतिजा पर्ने नितेश राय र पूर्वजिल्ला सभापति रायको तर्फबाट भाइ खडा गरेका थिए । दुईबीचमा २०  मतको झिनो अन्तरले हारजित भएको छ । यस क्षेत्रको निर्वाचन परिणामलाई संस्थापनइतरका लक्ष्मण राय र संस्थापनका नागेन्द्रकुमार रायबीचको हारजितका रूपमा हेरिएको छ ।
 
यस्तै, क्षेत्र नम्बर ३ मा पनि मत गणना भइरहेको छ । यस क्षेत्रमा पनि कांगेसका दुई पक्ष प्यानलै घोषणा गरेर निर्वाचनमा होमिएका छन् । दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने नेताहरुको दाबी छ । क्षेत्र नम्बर ३ को अन्तिम मतपरिणाम बिहीबार दिउँसोसम्ममा सार्वजनिक हुने निर्वाचन अधिकृतको सचिवालयले जनाएको हो । 

३ नम्बर क्षेत्रमा संस्थापनका तर्फबाट हरेस महतो तथा संस्थापनइतरको तर्फबाट विनोद खनालले नेतृत्व गरिरहेका छन् । क्षेत्रीय सभापतिमा संस्थापन पक्षबाट पुण्यहरि घिमिरे र संस्थापनइतरबाट भिखारी रायबीच प्रतिस्पर्धामा छन् । यसैबीच क्षेत्र नम्बर ४ मा  भने कांग्रेस संस्थापन पक्षको प्यानलै विजयी भइसकेको छ । यस क्षेत्रको क्षेत्रीय सभापतिमा रामआश्रय साह भारी मतान्तरले विजयी भएका हुन् । संस्थापनइतरका नेतृत्व गरेका संघीय सांसदसमेत रहेका अम्रेशप्रसाद सिहं आफ्नै निर्वाचन क्षेत्रमा भारी मतान्तरले पराजित भएका थिए ।