१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २३ बिहीबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o७८ मङ्सिर २३ बिहीबार o६:२३:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

रामसीताको स्वयंवर सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ मङ्सिर २३ बिहीबार o६:२३:oo

 रामजानकी विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण रामसीताको स्वयंवर सकिएको छ । त्रेतायुगमा अयोध्याका राजकुमार श्रीराम र मिथिलाकी राजकुमारी सीताको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा हरेक वर्ष मंसिर शुक्ल पञ्चमीमा विवाह पञ्चमी महोत्सव हुने गर्छ । यस वर्ष पनि महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु जनकपुर आएका छन् । कोरोना महामारीका कारण विवाह पञ्चमी महोत्सव केही प्रभावित भए पनि रामजानकीको डोला हेर्न बाह्रबिघा मैदानमा हजारौँ श्रद्धालुको घुइँचो लागेको थियो । 

बुधबार दिउँसो साधुसन्तको अगुवाइमा झाँकी–कीर्तनसहित राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदान हुँदै बाह्रबिघा पुगेको थियो । दुवै डोला बाह्रबिघामा पुगेपछि मिलन भई मालाफेर गर्दै रामसीताको स्वयंवर गरिएको छ । तत्पश्चात् रामजानकीको डोलासहित नगर परिक्रमा गर्दै जानकी मन्दिरमा साँझ प्रवेश गरेपछि राति राम–जानकीको विवाह हुने गर्छ । वैैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भगवान् रामका बुबा अर्थात् राजा दशरथका रूपमा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् । 

राम–जानकीको विवाहपश्चात् बिहीबार रामकलेवा गरी विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका छोटा महन्थ रोशनदास वैष्णवले जानकारी दिए । विवाह पञ्चमी महोत्सवमा आएका श्रद्धालुहरू विभिन्न स्थानमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै रमाउने गर्छन् ।