ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै तिर्न सकिने भएको छ। प्रहरीले प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ व्यवस्था लागू गर्न लागेको हो।
उक्त नियम छिट्टै लागू गर्न लागिएको ट्राफिक महाशाखाले जनाएको छ। ट्राफिक प्रहरीले कारबाहीमा परेका सवारीचालकको अनुमतिपत्र र व्लुबुक नियन्त्रणमा लिए पनि तत्कालै जरिवाना तिरेपछि फिर्ता दिनेछन्।