१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २१ मंगलबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २१ मंगलबार १२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकलचालकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २१ मंगलबार १२:३२:oo

कोटेश्वर सडक किनारमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलचालकको मृत्यु भएको छ। मंगलबार बिहान करिब २ बजेतिर सडक किनारमा पार्किङ गरिएको ना.६ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किएको हो।

दुर्घटनामा भक्तपुर ठिमीका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकमा ठोक्किएर गम्भीर घाइते भएका खलाको उपचारका क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ। उक्त ट्रक कोटेश्वरको आकासेपुलनजिकै सडक किनारामा पार्किङ गरिएको थियो। ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ad
ad
ad
ad