मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर २१ मंगलबार ०७:२६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई लाइफ इन्स्योरेन्सको च्याटबोट दोस्रो वर्षमा

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २१ मंगलबार ०७:२६:००

आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो च्याटबोटलाई नयाँ स्वरूपमा ल्याएको छ । आइएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरूपमा आएको च्याटबोटले ग्राहक, अभिकर्ता र अन्य सर्वासाधारणलाई पहिलेभन्दा अझ बढी गुणस्तरीय सेवा दिने कम्पनीको विश्वास छ । 

लाइफ इन्स्योरेन्स कम्पनीहरूमा च्याटबोटमार्फत सेवा दिने पहिलो कम्पनी आइएमई लाइफले एक वर्षपहिले च्याटबोट सेवा उपलब्ध गराएको हो । प्रविधिमा आएको परिवर्तन र सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरी थप सुविधासहित प्रविधिमैत्री परिमार्जित च्याटबोट ल्याएको कम्पनीको दाबी छ । च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स तथा डिजिटल प्रविधि अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाइएको छ । 

गएको एक वर्षमा दैनिक औसत चार सय ५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको बताइएको छ । अहिलेसम्म झन्डै एक लाख ७० हजार प्रश्नहरू आएको र च्याटबोटद्वारा समाधान गरिएको कम्पनीले जनाएको छ । सेवाग्राहीलाई बिमासम्बन्धी प्रश्नहरूको भरपर्दो उत्तर दिएर छिटो–छरितो रूपमा सेवा प्रदान गरी कार्यालयमा गइरहनुपर्ने झन्झटबाट मुक्त गर्ने उद्देश्यले च्याटबोट सञ्चालनमा ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले बताए ।