१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २१ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २१ मंगलबार o७:४४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उतारचढाबबीच सेयर बजार दोहोरो अंकले सुधार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २१ मंगलबार o७:४४:oo

सोमबारको सेयर बजार उतारचढाबबीच दोहोर अंकले सुधारमा आएको छ । कारोबारको सुरुवातदेखि नै घटेको नेप्से सूचक एक घन्टामै घटेर दुई हजार चार सय ४० दशमलव ५७ बिन्दुसम्म पुगेको थियो । कारोबारको अन्तिम समयमा ३२ दशमलव २२ अंकले बढेर दुई हजार पाँच सय ४६ बिन्दुमा पुगेर बन्द भएको छ । सोमबारको बजारलाई कतिपय लगानीकर्ताले बियरिसबाट फर्र्किएको अनुमान लगाएका छन् । बढेको नेप्सेमा लगानीकर्ता विकास बैंक, जलविद्युत् र फाइनान्सतर्फ झुम्मिएका छन् । १३ वटै समूह सकारात्मक भएको बजारमा विकास बैंक समूहको सूचक ३ दशमलव ४५ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स समूहको सूचक २ दशमलव ५४ प्रतिशत र जलविद्युत् समूहको सूचक २ दशमलव ८८ प्रतिशतले बढेको छ ।  

कारोबार रकममा सुधार
सोमबारको बजारबाट कारोबार रकममा भने सुधार हुँदै आएको छ । बजार उच्च भएको सो दिन धितोपत्र र ऋणपत्र गरी दुई सय २७ कम्पनीका ९४ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ५४ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक नबिल बैंकको १७ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेसनल हाइड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक, नेपाल दूरसञ्चार कम्पनीको सेयर १५ देखि १३ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

दुई कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । मेरो माइक्रो फाइनान्स कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ भने एक्सल डेभलपमेन्ट बैंक ९ दशमलव ५५ प्रतिशत, साहस ऊर्जा कम्पनीको ८ दशमलव १७ प्रतिशत, माहुली लघुवित्त वित्तीय संस्थाको ७ दशमलव ६९ प्रतिशत, बोटलर नेपाल तराई कम्पनीको ७ दशमलव ३७ प्रतिशतले बढेको छ ।सो दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको ६ दशमलव ८८ प्रतिशतले सर्वाधिक घटेको छ । ङादी पावर कम्पनी, युनिलिभर नेपाल लिमिटेड, सबैको लघुवित्तको सेयर मूल्यमा गिरावट आएको छ ।

सेयर गतिविधि

  • सान्जेन जलविद्युत् कम्पनीको साधारणसभा आगामी १३ पुसमा बस्ने भएको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे स्मार्ट क्याफे, धुम्बाराहीमा बस्ने तयारी रहेको कम्पनीले जनाएको छ । कम्पनीको सेयर दाखिला खारेज मिति पुस ५ गतेबाट १३ सम्म रहेको छ । कम्पनीले बोनस र नगद लाभांश प्रस्ताव गरेको छैन ।
  • जनउत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
  • प्राइम लाइफ इस्योरेन्स कम्पनीले सञ्चालक प्रतिनिधित्व चुनेको छ । कम्पनीको सम्पन्न चौथो  वार्षिक साधारणसभाबाट प्रतिनिधित्व चुनेको हो । कम्पनीको संस्थापक सेयरधनीको तर्फबाट पियूषराज अर्याल, दीपेश अमात्य, डा. सन्तोष अर्याल, प्रमिला केसी थापा चुनिएका छन् भने सर्वसाधारण सेयरतर्फ राजीवप्रसाद प्याकुरेल,  सुरज श्रेष्ठ र स्वतन्त्र सञ्चालकमा रेशम थापा निर्वाचित भएका छन् ।