ललितपुरको गोदावरीस्थित सिद्धेश्वर महादेव मन्दिरबाट चोरी भएको मूर्ति फेला परेको छ। करिब एक फिट अग्लो र ८ इन्च चौडा भएको वसुन्धराको एक थान मूर्ति सोही स्थाननजिकैको जंगलमा आइतबार फेला परेको हो।
उक्त मन्दिरबाट मंसिर १४ गते राति श्रीनारायण र वसुन्धराको मूर्ति चोरी भएको थियो। त्यसलगत्तै प्रहरी र स्थानीयले खोजी गर्दै आइरहेका थिए। खोजीकै क्रममा वसुन्धराको उक्त मूर्ति फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। नारायणको मूर्ति भने फेला परेको छैन।