मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २० सोमबार ०९:०१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन लाइफको सिटिजन, लिडर्स नाइट सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २० सोमबार ०९:०१:००

सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन लिडर्स नाइटको चौथो संस्करण मंसिर १८ गते सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’अन्तर्गत देशभरि रहेका ३१ हजार अभिकर्तामध्ये आर्थिक वर्ष ०७७/७८ मा उत्कृष्ट कार्यसम्पादन गरी कर्पाेरेट क्लबमा पर्न सफल दुई सय ७९ जना सिटिजन लिडरहरू, उत्कृष्ट पाँच सिनियर एजेन्सी म्यानेजर, एजेन्ट र उत्कृष्ट शाखाहरूलाई सम्मान गरिएको हो । 

कार्यक्रममा चार सय सक्रिय सिटिजन लिडरहरूको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि डा. सन्दुक रुइतले आफ्नो जीवनका भोगाइहरू सुनाउँदै जीवनमा कुनै पनि काम असम्भव नरहेको बताउँदै अझै उत्कृष्ट काम गर्न सबै उपस्थित लिडरहरूलाई प्रेरित गरे । सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीपजंग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबैप्रति आभार प्रकट गरे ।