मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १८ सोमबार
  • Monday, 04 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार २२:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुगलको नेतृत्वमा प्रेस सेन्टरको एक सय ९१ सदस्यीय कार्यसमिति चयन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार २२:२०:००

नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशनले विष्णु सापकोटा ‘जुगल’को नेतृत्वमा एक सय ९१ सदस्यीय कार्यसमिति सदस्य चयन गरेको छ । चितवनको भरतपुरमा शनिबारबाट जारी  महाधिवेशनले सापकोटाको नेतृत्वमा कार्यसमिति सदस्य चयन गरेको हो । 

सेन्टरको बाँकी पदाधिकारी भने अब बस्ने केन्द्रीय समिति बैठकले चयन गर्नेछ । सेन्टरमा अध्यक्षसहित ३९ पदाधिकारीको व्यवस्था छ भने कार्यसमिति सदस्य एक सय ९९ रहने व्यवस्था छ । केन्द्रीय समिति बैठक अर्को साता बस्ने तय भएको छ । उक्त बैठकले सेन्टरको पदाधिकारीका साथै कार्यसमितिका ८ जना सदस्य पनि चयन गर्नेछ ।