१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १९ आइतबार
  • Friday, 27 September, 2024
२o७८ मङ्सिर १९ आइतबार १४:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : सभापति चयन गर्न बागमतीमा पुनः मतदान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १९ आइतबार १४:३९:oo

नेपाली कांग्रेसको बागमती प्रदेश अधिवेशनमा सभापति चयनका लागि पुनः मतदान सुरु भएको छ। शनिबार भएको मतदानबाट तीनजना उम्मेदवारमध्ये कोहि कसैको ५१ प्रतिशत मत नआएपछि आज आइतबार दिउँसो सवा एकबाट पुनः मतदान सुरु भएको हो। पुनः मतदानमा संस्थापन पक्षबाट इन्द्रबहादुर बानियाँ र संस्थापनइतर पक्षबाट जगदीश्वर नरसिंह केसी चुनावी मैदानमा छन्।

निर्वाचन समितिका सदस्य गणेश हुमागाईंका अनुसार ५ बजेसम्म मतदान समय तोएिको छ। कांग्रेसको विधानबमोजिम सभापतिमा दुई वा सोभन्दा बढी उम्मेदवार हुँदा ५१ प्रतिशत मत प्राप्त गर्ने विजयी हुनेछन्। शनिबार भएको मतदान प्रक्रियाबाट बानियाँ, केसी र भीमसेनदास प्रधान तीन जनामध्ये कोहीकसैको ५१ प्रतिशत मत नआएपछि पुनः मतदान प्रक्रिया अघि बढाइएको हो ।

मतको आधारमा तेस्रो भएका प्रधान चुनावी मैदानबाट बाहिरिएपछि उनले बानियाँलाई साथ दिने घोषणा गरिसकेका छन्। सभापतिमा बानियाँले नाै सय ९२, दोस्रो हुने केसीले ८ सय ७२ मत र तेस्रो हुने प्रधानले एक सय ९७ मात्र मत पाएका थिए। बानियाँ ४८ प्रतिशत मत ल्याएर बढी मत ल्याउने उम्मेदवार भएका थिए । निर्वाचन समितिका अनुसार कुल २ हजार एक सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो।