१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १९ आइतबार
  • Saturday, 28 September, 2024
२o७८ मङ्सिर १९ आइतबार १२:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुनः मतदानमा सिटौला पक्षका भीमसेनदासको साथ देउवा पक्षका बानियाँलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १९ आइतबार १२:२४:oo

नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशनमा सभापति पदमा पुनः मतदान हुने भएपछि तेस्रो भएका कृष्ण सिटौला पक्षका भीमसेनदास प्रधानले शेरबहादुर देउवा पक्षका इन्द्रबहादुर बानियाँलाई साथ दिन भएका छन्। कांग्रेसको विधानबमोजिम सभापतिमा दुई वा सो भन्दा बढी उम्मेदवार हुँदा ५१ प्रतिशत मत प्राप्त गर्ने विजयी हुने प्रावधान छ। शनिबार भएको मतदान प्रक्रियाबाट बानियाँ, जगदिश्वर नरसिंह केसी र प्रधान तीन जनामध्ये कोहि कसैको ५१ प्रतिशत मत नआएपछि पुनः मतदान हुने निश्चित भएको थियो।

पुनः मतदानमा सभापतिका उम्मेदवारहरू बानियाँ र केसीबीच प्रतिस्पर्धा हुनेछ। मतका आधारमा तेस्रो भएका प्रधान चुनावी मैदानबाट बाहिरिएपछि उनले बानियाँलाई साथ दिने भएका हुन्। आज आइतबार ११:३० बजे संयुक्त घोषणा कार्यक्रममा प्रधानले बानियाँलाई मतदान गर्न आग्रह गर्दै आफूले पूर्ण रूपमा समर्थन गरेको घोषणा गरेका हुन्।

सभापतिमा बानियाँले ९ सय ९२, दोस्रो हुने केसीले ८ सय ७२ मत र तेस्रो हुने प्रधानले १ सय ९७ मात्र मत पाएका थिए। बानियाँ ४८ प्रतिशत मत ल्याएर बढी मत ल्याउने उम्मेदवार भएका छन्। निर्वाचन समितिका अनुसार कुल २ हजार १ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो। संस्थापन पक्षबाट बानियाँ, संस्थापन इतरबाट केसी र कृष्ण सिटौला पक्षबाट प्रधान चुनावी मैदानमा थिए।

सभापति पदमा पुन: मतदान हुने भएपछि पदाधिकारी र सदस्यहरुको मतगणना रोकिएको छ।