मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १८ शनिबार
  • Wednesday, 18 December, 2024
२o७८ मङ्सिर १८ शनिबार २o:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

खुला मिनी म्याराथुनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढालाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १८ शनिबार २o:५५:oo

लमजुङमा भएको प्रथम खुला मिनी म्याराथुन दौड प्रतियोगिताको उपाधि जुम्लाका दुर्गाबहादुर  बुढाले जितेका छन्  । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार   सुन्दरबजार नगरपालिका– ९ भोटेओडारमा भएको  प्रतियोगिताको उपाधि बुढाले जितेका हुन् ।

भारतीय सेनामा कार्यरत बुढाले १५ किलोमिटरको खुला म्याराथुन दौड प्रतियोगिता ४४ मिनेट ११ सेकेन्ड २४ मिनी सेकेन्डमा पूरा गरे । प्रतियोगितामा सहभागी १२० रहेकोमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनले ४४ हजार ४ सय ४४ रुपैयाँ, मेडल र प्रमाणपत्र  प्राप्त गरे ।

त्यस्तै, भारतीय सेनामा कार्यरत पर्वतका अनिश थापामगरले ४४ मिनेट ११ सेकेन्ड ९६ मिनी सेकेन्डमा सो दुरी पार गर्दै दोस्रो भएका छन्  । दोस्रो हुन सफल थापामगरले नगद २२ हजार २ सय २२ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । ते

स्रो  हुन सफल त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले ४५ मिनेट ४५ सेकेन्ड ६२ मिनी सेकेन्ड, सान्त्वना हुन भएका त्रिभुवन आर्मी क्लबकै रामजी बस्नेतले ४६ मिनेट ४५ सेकेन्ड ४० मिनी सेकेन्ड र नवराज साउतले ४७ मिनेट ११ सेकेन्डमा पूरा गरेका थिए । तेस्रो भएका श्रेष्ठले नगद ११ हजार १ सय ११ रुपैयाँ, मेडल, प्रमाणपत्र र सान्त्वना हुने २ जनाले जनही ५ हजार ५ सय ५५ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजयी खेलाडीहरूलाई पूर्वसंविधानसभा सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ, सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्र, आयोजक समितिका अध्यक्ष योगबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । 

बेँसीसहर नगरपालिका १ उदिपुर गेटबाट भोटेओडार बगैँचा, सिउँडीबार, सुन्दरबजार कृषि क्याम्पसको गेट, पाउँदी, सिउँडीबार हुँदै भोटेओडार कृष्ण बगैँचासम्म करिब १५ किलोमिटरमा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक जिल्ला खेलकुद विकास समिति अध्यक्ष योगबहादुर गुरुङले बताए ।