१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १७:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

ओमिक्रोन भेरियन्टको भाइरसलाई फैलिन नदिन  कदम चाल्नुपर्छ  : डब्लुएचओ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१o:oo

डब्लुएचओ दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले ओमिक्रोन भेरियन्टबाट बच्न सरकारले जारी गरेको जनस्वास्थ्यका निर्देशन पालना गर्न अनुरोध गरेका छन् । उनले सबै देशहरूलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्र रूपमा पत्ता लगाउन र  भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्नेमा जोड दिएका छन् । 

ओमिक्रोनसहित सबै भेरियन्टहरूको लागि प्रतिकार्यका उपायहरू, सार्स कोभटू (SARs CoV2)  का लागि जस्तै भएको र सबै देशका सरकारले व्यापक रोकथाम  र सावधानीका उपायहरूको कडा पालना गरिनु आवश्यक भएको उल्लेख गरेका छन् । आफ्नो नाकमुख राम्ररी छोप्न र राम्रोसँग ठीक हुने मास्क लगाउन पनि अनुरोध गरेका छन् । साथै, दूरी कायम गरी कम हावा चल्ने वा भिडभाड भएको ठाउँबाट टाढा रहन र  हात सफा राख्न पनि आग्रह गरेका छन् । 

ओमिक्रोन भेरियन्टमा धेरै संख्यामा उत्परिवर्तनहरू भएको र  जसमध्ये केही चिन्ताजनक रहेकाले विश्वभरका अनुसन्धानकर्ताहरूले ओमिक्रोनको सर्न सक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे राम्रोसँग बुझ्नको लागि अध्ययनहरू गरिरहेको बताए । नयाँ भेरियन्ट अफ कन्सर्नको केसहरू पत्ता लगाउन र रिपोर्ट गर्न सक्षम देशहरूको डब्लुएचओले प्रशंसा गरेको उनले बताए। 

ad
ad