Skip This
महाभियोगपूर्व नै जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्छ : पूर्वन्यायाधीश केसी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १५ मंगलबार १६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महाभियोगपूर्व नै जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्छ : पूर्वन्यायाधीश केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार १६:५९:oo

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने बताएका छन्। शुक्रबार नेपाल बार एसोसियसनको प्रांगणमा आयोजित न्यायपालिकाको सुधार, सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा केसीले जबराविरुद्ध महाभियोग लगाउनुपूर्व नै सवोच्च प्रवेशमा रोक लगाउनुपर्ने बताएका हुन्।

'प्रधानन्यायाधीश अनवान्टेड भएर बसिरहनुभएको छ। योभन्दा कति राजीनामा दिनुहोस् भन्ने ? हामी राजीनामाको आशा नगरौँ। महाभियोगको प्रक्रिया सुरु गरौँ। धर्ना मात्रै गरेर साध्य छैन। बिदा हात समातेर ल्याप्चे लाउने कुरा होइन,' केसीले भने, 'उहाँले गोला प्रणाली लागू भएपछिको अवस्थामा  घरबाटै पेसी तोक्ने अवस्था आउला। उहाँको अदालत प्रवेशको एक्सेस रोक्नुपर्छ।'

आफ्नै व्यवहारका कारण जबराले नैतिकता गुमाइसकेको भन्दै पूर्वन्यायाधीश केसीले उनलाई लामो समय पदमा राख्दा न्याय क्षेत्र नै ध्वस्त हुने बताए।

ad
ad