१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सदस्यसचिवले गरे  विभागीय प्रमुखसँग छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:३५:oo

 राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले विभिन्न विभागका प्रमुखहरूसँग बुधबार छलफल गरेका छन् । सदस्यसचिवको कार्यभार सम्हालेको दोस्रो दिनै घिसिङले विभागका समस्या, कार्यप्रगति विवरणलगायतका बारे जानकारी लिने उद्देश्यले बैठक राख्नुका साथै छलफल गरेका हुन् ।

सो अवसरमा प्रशासनिक र प्राविधिक कर्मचारीको अवस्था, जिल्ला र क्षेत्रका कार्यालयको अवस्था, कर्मचारी समायोजन र पदपूर्ति, भौतिक पूर्वाधारको अवस्था, बजेटलगायतका विषयमा सदस्य–सचिव घिसिङलाई जानकारी गराएको थियो ।

सदस्य–सचिव घिसिङले परिषद्मा रहेको विभिन्न प्रकार समस्यालाई हल गर्दै अगाडि बढ्ने बताउँदै खेलकुद क्षेत्रलाई अझ गतिशील बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । 

ad
ad