मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १५ बुधबार १८:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ईश्वर पोखरेलको प्रस्तावः एमाले–राप्रपा सहकार्य गरौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार १८:३६:oo

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि एमालेसँग सहकार्य गरेर अघि बढ्न राप्रपाका नेताहरूसँग प्रस्ताव गरेका छन् । काठमाडौंमा बुधबार आयोजित राप्रपाको महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै पोखरेलले सहकार्यको प्रस्ताव गरेका हुन् ।

पोखरेलले जुनसुकै विचारधारामा उभिएको भए पनि राजनीतिक दलहरूले राष्ट्रलाई सर्वोपरि ठानेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘हामी राजनीतिक विचारमा जुनसुकै ठाउँमा उभिएका हौँ । एउटा कुरामा हामी सबैको ध्यान जान जरुरी छ । देशभन्दा ठूलो अरू केही हुन सक्दैन । देश हाम्रो लागि सर्वोपरि हो ।’

उनले एमालेले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न प्रयास गरिरहेको दाबीसमेत गरे ।  सरकार र सत्तारुढ पाँचदलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको उनको आरोप छ । भारतीय सीमा सुरक्षा बलले तुइन काटेर नेपाली नागरिकको हत्या हुँदासम्म सरकारले चुइँक्क बोल्न नसकेको भन्दै पोखरेलले राष्ट्रियताको मामिलामा वर्तमान सरकारले निर्लज्जताबाहेक अरू केही देखाउन नसकेको दाबी गरे।