१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १५ बुधबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

मिस ग्रान्डको ताज निसुलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार o८:५६:oo

मिस ग्रान्ड नेपाल २०२१ को ताज बन्दी सहायता केन्द्रकी निसुकुमारी साहले जितेकी छिन् ।  उक्त प्रतियोगिताको जुरी प्यानलमा फोटोग्राफर राजभाइ सुवाल, पत्रकार जयनसुवा मानन्धर, संगीतकार सरोज प्याकुरेल, मोडल दीपक घिमिरे र सगरमाथा आरोही पत्रकार रोस्ना बस्नेत थिए ।

उनीहरूको जजमेन्टका आधारमा मिस ग्रान्ड नेपालको फरक–फरक विधामा पाँचजना सुन्दरीले पनि ताज जितेका छन् । मिस ग्रान्ड नेपाल २०२१ का सबै विजेताहरूले नगद ५०–५० हजारका साथै कम्पनी गुडविल एम्बेस्डर र ५० हजारबराबरको सुनको थान्का, गिफ्ट–ह्याम्पर र पाँचै विजेताले इन्टरनेसनल प्रतियोगितामा २०२१ मा नेपालको झन्डा फहराउँदै नेपालको उपस्थिति जनाउने अवसर प्राप्त गरेका छन् । 

मिस ग्रान्ड नेपाल २०२१ को कोरियोग्राफी रोजिन शाक्यले गरेकी थिइन् । यस्तै, रोजिना सुवालले मेकअप, हिर्देश अर्यालले फोटोग्राफी र राम श्रेष्ठको भिडियोग्राफी गरेका थिए । 

ताज जित्ने अन्य पाँच प्रतिस्पर्धी 
सिराहाकी निशुकुमारी शाहले मिस ग्रान्ड नेपाल, काठमाडांैकी सुर्जिना श्रेष्ठले मिस टुरिजम नेपाल, हेटौँडाकी मनीषा छिनालले मिस ल्यान्डस्केप्स नेपाल, झापाकी बबिता आचार्य मिस स्कुवा नेपाल, र पोखराकी प्रमिला विश्वकर्माले मिस मल्टिनेसनल नेपालको ताज जितेका छन् ।

आरके इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल, मिस स्कुवा इन्टरनेसनल, मिस ल्यान्डस्केप इन्टरनेसनल मिस मल्टिनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षदेखि अर्काे एक ताजसमेत थप गरिएको हो । 

अन्य टाइटल 
मिस इनोसेन्ट– यशोदा रेग्मी, मिस एक्टिभ्स– ममता बुढा क्षेत्री, मिस स्पोन्टेनियस– मनीषा छिनाल, मिस बेस्ट फिगर– ममता मल्ल, मिस पर्सनालिटी– वर्षा राणा, मिस फोटोजेनिक– सपना कार्की, मिस बेस्ट वाक– प्रमिला विश्वकर्मा, मिस मल्टिमिडिया– बबिता आचार्य, मिस बेस्ट स्पिच– सोनाली सापकोटा 

ad
ad
ad
ad