पछिल्लो एक सातामा वाणिज्य बैंकहरूको निक्षेप रकम सात अर्बले घटेको नेपाल बैंकर्स संघले जनाएको छ । ३ मंसिरमा ४२ खर्ब २६ अर्ब रहेको निक्षेप १० मंसिरमा ४२ खर्ब १९ अर्बमा सीमित भएको छ ।
यस्तै, ३ मंसिरसम्म ४० खर्ब ४१ अर्बबराबरको कर्जा लगानी गरेका वाणिज्य बैंकले १० मंसिरमा आइपुग्दा ४० खर्ब ५५ अर्बबराबरको लगानी गरेका छन् । गत साउन पहिलो साता ४१ खर्ब ५८ बराबर रहेको निक्षेप मंसिर १० गतेसम्म आइपुग्दा ४१ खर्ब १९ अर्ब रुपैयाँमा सीमित भएको छ । यस्तै, साउनको पहिलो सातामा ३७ खर्ब ६ अर्ब रहेको कर्जा १० मंसिरसम्म आइपुग्दा ४० खर्ब ५५ अर्ब पुगेको छ ।