मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर १३ सोमबार ०९:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा खिलध्वज पन्थी नेतृत्वको पौडेल पक्ष प्यानल नै विजयी 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १३ सोमबार ०९:३०:००

नेपाली कांग्रेस  गुल्मीको आठौँ जिल्ला अधिवेशनमा पौडेल पक्षको प्यानल नै विजयी भएको छ । सभापतिमा खिलध्वज पन्थीसहित पदाधिकारीमा सबै पौडेल पक्षका उम्मेदवार विजयी भएका हुन् । पन्थीले एक हजार दुई सय  सय ७१ र वेद थापामगरले तीन सय ८४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा शिव केसी र अनन्तराम पौडेल विजयी भएका छन् । केसीले एक हजार ३२ र पौडेलले एक हजार एक सय ८७ मत प्राप्त गरेका छन् । प्रत्याशी झविन्द्र विश्वकर्माले पाँच सय आठ मत पाए भने सचिवमा भगतसिंह खड्का र जगदीश भट्टराई विजयी भएका छन् । खड्काले एक हजार २२ र भट्टराईले नौ सय ९१ मत प्राप्त गरे ।

प्रत्याशी पृथबहादुर फौजदारले एक सय ८०, पूर्ण केसीले तीन सय ४६ र थम्मन केसीले चार सय १५ मत प्राप्त गरेको निर्वाचन सहायक भीम न्यौपानेले जानकारी दिए ।  सहसचिवमा छवि पाण्डेयले एक हजार एक सय ३३ र धर्म पाण्डेले आठ सय ५० मत प्राप्त गरेर विजयी भएका छन्। प्रत्याशी निरोज मरासिनीले तीन सय ६२ र रेशम कुँवरले पाँच सय ८१ मत प्राप्त गरेको निर्वाचन सहायक न्यौपानेले बताए ।

निर्वाचन भएकामध्ये सदस्यमा कृष्णप्रसाद पोख्रेल, धीरेन्द्र केसी, लीलाधर आचार्य, पदम विष्ट र लोकप्रसाद खरेल विजयी भएका छन् । अधिवेशनमा क्षेत्र नं. १ बाट नौ सय ३९ र क्षेत्र नं. २ बाट आठ सय २७ जना गरेर १७ सय ६६ जना प्रतिनिधि रहेका थिए । जसमा एक हजार ६ सय ९३ मत खसेको थियो । जसमा ३८ मत बदर भएको छ ।