१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १३ सोमबार
  • Wednesday, 03 July, 2024
२o७८ मङ्सिर १३ सोमबार o८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

गहुँमा पनि मल हाल्न पाएनन् किसानले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १३ सोमबार o८:४३:oo

धानखेतमा हाल्न मलका लागि घन्टौँ लाइनमा बसेका चितवनका किसान गहुँ, जौ र तोरीमा हाल्ने मल नपाएपछि पुनः लाइनमा बस्न बाध्य भएका छन् । जिल्लाभरि नै रासायनिक मल युरिया, डिएपी र पोटास अभाव भएको छ । पैसा तिरेर पनि नपाएपछि किसानहरू आक्रोशित भएका छन् ।

भरतपुर–६, गीतानगर बजारमा रहेको सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था (साझा)मा मल लिन नागरिकतासहित बसेकी इन्द्रपुरीकी सविता गुभाजूले भनिन्, ‘पैसा तिर्दा पनि मल नपाइने हाम्रो कस्तो कृषिप्रधान देश हो ? लाइनमा बसेर १० केजीभन्दा बढी पाइँदैन ।’

पुलरकी गंगा अर्यालको पनि गुनासो उस्तै छ । उनको आफ्नै एक बिघा जमिन छ । त्यसबाहेक अरूको १४ कट्ठा जमिनमा तोरी लगाएकी छिन् । १० दिनअघि नै उनको बारीमा मल चाहिएको हो । मलको लाइनमा बसेकी उनलाई मल पाइन्छ–पाइँदैन भन्ने कुनै टुंगो छैन ।

सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था (साझा)मा ३५ बोरा युरिया र १५ बोरा डिएपी मल आएको थियो । नगरिकता हेरेर प्रतिकिसान १० किलोका दरले मल वितरण गरिरहेको थियो । यहाँका किसानले रोपाइँको समयमा पनि यस्तै हैरानी व्यहोर्नुपरेको थियो ।  
 

ad
ad
ad
ad