१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ मङ्सिर १२ आइतबार १७:२२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस जिल्ला अधिवेशन : दैलेखमा पौडेल पक्षको प्यानलै विजयी 

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १२ आइतबार १७:२२:००

नेपाली कांग्रेस दैलेखका सभापतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मणिराम रेग्मी विजयी भएका छन् । कुल खसेको एक हजार पाँच सय ५२ मतमध्ये मणिराम रेग्मीले सात सय ९१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी देउवा पक्षका घनश्याम भण्डारीले सात सय ५४ मत मात्र प्राप्त गरे भने सात मत बदर भएका छन् । 

रेग्मी २०४९ सालमा नेपाल मजदुर किसान पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नेपाली कांग्रेसको सक्रिय राजनीति गरेको २९ वर्षपछि उनी दैलेख कांग्रेसको पार्टी सभापति पदमा विजयी भएका हुन् । 

रेग्मी सभापति रहेको प्यानलबाट उपसभापतिमा क्रमशः रिता शाही र नमराज शाहीले सात सय ५८ र सात सय ४१ मत प्राप्त गरेर विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी बखतबहादुर कटुवाल र गणेशकुमार शाहीले क्रमशः ६ सय ४५ र ६ सय ८० मत प्राप्त गरेका छन् । सचिवमा खेमराज वली र नारायण रेग्मीले क्रमशः सात सय ७६ र सात सय ७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिस्पर्धी रत्नबहादुर शाही र हेमशंकर शर्माले क्रमशः सात सय २८ र ६ सय ६३ मत प्राप्त गरेका छन् । दुई सहसचिवमा मणिराम रेग्मी प्यानलका महेन्द्रबहादुर शाही (चट्टान) र कनकबहादुर सेनले क्रमशः  सात सय १० र सात सय ५३ मतसहित विजयी भएका छन् । सहसचिवका प्रतिस्पर्धी धीरेन्द्र सापकोटा र ईश्वरकुमार थापाले क्रमशः ६ सय ७१ र ६ सय ३८ मत प्राप्त गरेका छन् । 

निर्वाचित पार्टी सभापति रेग्मीले पार्टीभित्रको आन्तरिक चुनाव भएकोले समग्रमा कांग्रेसको जित भएको प्रतिक्रिया दिएका छन् । पार्टीमा सबैलाई मिलाएर आगामी चुनावमा नेपाली कांग्रेस दैलेखलाई दुवै क्षेत्रमा पहिलो पार्टी बनाउने तयारीका साथ अघि बढ्ने उनको भनाइ छ ।