नेपाल बार एसोसियसनले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ । भोलि बारको कार्यसमिति बैठक बसेर आन्दोलनका मोडेलबारे छलफल गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। बारले चाैथो चरणको आन्दोलन शुक्रबारसम्मका लागि घोषणा गरेको थियो । नियमित धर्नाका कार्यक्रम भने आइतबार पनि भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे राजीनामाकाे माग गर्दै नेपाल बार एसोसिएसन विगत एक महिनाभन्दा बढी समयदेखि आन्दोलनरत छ ।