मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Wednesday, 02 September, 2026
२o७८ मङ्सिर १० शुक्रबार १४:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरले भने– फेरि सडकमा आउनुपर्ने अवस्था नआओस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार १४:३२:oo

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूको माग पूरा नभए फेरि २० लाख मानिस सडकमा आउन सक्ने बताएका छन्। शुक्रबार नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनलाई सम्बाेधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 

संविधान संशोधनको माग, राजबन्दीहरूको मुद्दा फिर्ता गर्नेदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएको भन्दै उनले भने,  ‘अब समय आयो हाम्रो जो काम बाँकी छ। सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु। मानव साङ्लो फेरि पनि सडकमा उत्रन सक्छ। त्यो अवस्था नआओस्।’