नेपाल बास्केटबल संघका निवर्तमान अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्षसमेत रहेका ५० वर्षीय शेर्पाको बुधार बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो ।
उनी पछिल्लो तीन वर्षदेखि नसासम्बन्धी रोगबाट पीडित थिए । उनले अमेरिका, भारत र चीनमासमेत गएर रोगको उपचार गराएका थिए । तर, त्यहाँ उल्लेखनीय सुधार नभएपछि स्वदेश फर्किएका थिए । उनी नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्वमहासचिवसमेत थिए ।