१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बार आन्दोलन : सर्वोच्चसहित देशभरका उच्च अदालतमा विरोधसभा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४७:oo

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनरत बार एसोसिएसनले आज (बुधबार)देशभरका उच्च अदालतमा विरोधसभा गरेको छ। चौथो चरणको आन्दोलनअन्तर्गत विरोधसभा गर्न बारले सबै उच्च अदालतमा केन्द्रबाटै प्रतिनिधि पठाएको छ।

इलाम उच्च अदालतको विरोधसभालाई बारका पूर्वउपाध्यक्षद्वय कुमार शर्मा आचार्य र मदन खड्काका साथै केन्द्रीय सदस्य खिमानन्द अधिकारीले नेतृत्व गरेका छन्। धनकुटा उच्च अदालतमा उपाध्यक्ष मानबहादुर रुम्दाली र पूर्वकोषाध्यक्ष मोहन इङ्नाम खटिएका छन्।

उपाध्यक्ष रक्षा बस्यालका अनुसार विराटनगर उच्च बारमा पूर्वउपाध्यक्षहरू टीकाराम भट्टराई र सीताराम राईलाई जिम्मेवारी दिइएको छ। त्यहाँ केन्द्रीय सदस्य मनोजकुमार चौधरीलाई पनि पठाइएको छ। सर्वोच्चकाे नियमित धर्ना पनि जारी छ।

ad
ad