मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार १३:१७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार १३:१७:००

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तीन सय रुपैयाँ तोकिएको छ। अधिल्लो दिन प्रतितोला ९३ हजार नाै सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार दुई सय ५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय आठ डलर आसपासमा कारोबार भइरहेको छ। रासस