कपिलवस्तु कांग्रेसले तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरेको छ। १४औँ महाधिवेशनअन्तर्गत कपिलवस्तुको संघीय प्रतिनिधिसभाको अधिवेशन तथा निर्वाचन मंगलबार हुने भनिए पनि प्राविधिक कारणले अधिवेशन स्थगित गर्नुपरेको जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्त र जिल्ला सभापति सुरेन्द्रराज आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
मंगलबार स्थगित तीनवटै क्षेत्रको अधिवेशन र मतदानका लागि अर्काे सूचनामार्फत जानकारी दिइने पनि कांग्रेसले जनाएको छ।