१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको जनजाति महासंघ अध्यक्षमा पासाङ शेर्पा चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:२२:oo

नेकपा (एकीकृत समाजवादी) समर्थित आदिवासी जनजाति महासंघ (समाजवादी)को अध्यक्षमा पासाङ शेर्पा चयन भएका छन्। समाजवादीको प्रथम केन्द्रीय कमिटी बैठक तथा भेलाले दोलखा विगुका शेर्पाको अध्यक्षतामा २७५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो। शेर्पा नेकपा एसका केन्द्रीय सदस्यसमेत छन्।

नयाँ बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले दुई वरिष्ठ उपाध्यक्षमा चित्र थापामगर तथा सांसद भवानी खापुङलाई चयन गरेको छ। 

त्यस्तै, बैठकबाट उपाध्यक्षहरूमा राजाराम स्याङ्तान, रञ्जना मास्के, रामचन्द्र वल, बीरबहादुर बुढाथोकी मगर, यामबहादुर गुरुङ, रामप्रसाद चौधरी, माइलाबाबु द्यौला, सुरेन्द्र लामा, उपाध्यक्ष सकुन्तला लेप्चा र मीनाकुमारी लामा चयन भएका छन्।

यसैगरी, महासचिवमा चन्द्रबहादुर तामाङ, उपमहासचिवहरूमा क्रमशः नरेन्द्र कन्दङ्वा, गोपाल श्रेष्ठ, लाप्साङ पाख्रिन, कृष्ण चोङबाङ, देउप्रसाद छन्त्याल, बज्रकुमार राई चयन भएका छन्। त्यस्तै, सचिवहरूमा अमर थापामगर, पीताम्बर सारू, चुनकुमारी चौधरी, बेची लुंगेली, लक्ष्मीकुमारी चौधरी, कृष्णहरि श्रेष्ठ, मदनकाजी श्रेष्ठ, अमला श्रेष्ठ, गोविन्दराम चेपाङ, पृथ्वीचन्द्र चौधरी, लालबहादुर थापामगर, रामललित मण्डल, ममता चौधरी, योगिता राई, वीरबहादुर राउत, गंगा गुरुङ, उषा घिसिङ, डिवी राई चयन भएका छन्।

त्यस्तै, कोषाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, सहकोषाध्यक्षमा देवबहादुर गुरुङ, संगीता पाख्रिन र टापबहादुर श्रेष्ठ चयन भएको सचिव तथा प्रचार विभागका प्रमुख अमर थापामगरले बताए। बैठकले कार्यविभाजन तथा तीनमहिने संगठन निर्माण कार्यक्रमलगायत प्रस्तावहरू पास गरेको अध्यक्ष शेर्पाले जानकारी दिए।

ad
ad