१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १२:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बार आन्दोलन : ​प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन राजनीतिक दललाई दबाब दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o४:oo

नेपाल बार एसोसिएसनको आन्दोलन आज पनि जारी छ । आन्दोलनको स्वरूपअन्तर्गत बारले दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध  महाभियोग लगाउन ज्ञापनपत्र बुझाउने तयारी भएको नेपाल बार एसोसिएसनका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

साथै सभामुखलाई भेटेलगत्तै बारले संसदीय दलको कार्यालय सिंहदरबारमा राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने र महाभियोगका लागि दबाब दिने उनले  बताइन् । 

‘प्रधानन्यायाधीश राजीनामा दे’, ‘न्याय बेचुवा राजीनामा दे’, ‘सेटिङको फैसला चाहिँदैन, न्याय मार्न पाइँदैन’, ‘कालो धनको खोजी गर,चोलेन्द्रलाई कारबाही गर’ लगायतका नारा लगाएर  कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन्। आज बारको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छैन । 

ad
ad