मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ५ आइतबार
  • Sunday, 22 December, 2024
गणेश लम्साल विराटनगर
२o७८ मङ्सिर ५ आइतबार १५:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ र उच्च अदालत विराटनगरका कानुन व्यवसायी  सुनुवाइमा सहभागी भएनन्

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ मङ्सिर ५ आइतबार १५:२९:oo

पहिलो चरणमा एक हप्ता निरन्तर धर्ना बसेका मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरका कानुन व्यवसायीहरू आज आइतबार सुनुवाइमा सहभागी भएनन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन केन्द्रीय समितिको निर्देशनअनुसार आज मोरङ बार र उच्च अदालत विराटननगर बार इकाइमा आबद्ध कानुन व्यवसायीहरू कोही पनि सुनुवाइमा सहभागी नभएका हुन्।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म केन्द्रीय समितिको निर्देशनअनुसार आन्दोलन जारी राख्ने मोरङ बारका अध्यक्ष पुनम गुप्ताले बताए। कानुन व्यवसायीहरू सुनुवाइमा सहभागी नभएपछि विराटनगरस्थित मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरका कुनै पनि इजलासमा आज सुनुवाइ भएन। यद्यपि, इजलासमा बकपत्र गराउने र शाखा फाँटहरूमा लिखित प्रमाणसँग सम्बन्धित काममा भने कानुन व्यवसायीहरू सहभागी भए।

कानुन व्यवसायीहरू आए इजलासमा मुद्दा सुनुवाइ गर्न आफूहरू तयार रहे पनि कोही नआएको मोरङ अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए। आइतवार उच्च अदालत विराटनगरको पाँचवटा इजलासमा एक सय सात र  जिल्ला अदालत मोरङका १० इजलासमा एक सय १० मुद्दा पेसीमा चढेका थिए। तर, कानुन व्यवसायी नजाँदा सुनुवाइ हुन नपाएकोले दुवै अदालतका कुनै पनि मुद्दामा आदेश वा फैसला भएन।