मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ७ आइतबार १६:४९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

फिल्ममेकिङ मास्टरक्लास सम्पन्न, सिक्स बडिजको ‘सिगरेट’ उत्कृष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार १६:४९:oo

चलचित्र विकास बोर्डको आयोजनामा पाँचदिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सम्पन्न भएको छ। मास्टरक्लासमा ५८ जना चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीहरूको सहभागिता थियो।

मास्टरक्लासको अन्त्यमा सहभागीहरूले फेम चेजर्स, टिम युनिटी, टिम लायन, रोरिङ इगल, सिक्स बडिज्, टिम शून्य र र्‍यान्डम क्रियटर्स नामबाट सात समूहमा विभाजित भएर २४ घण्टामा लघु चलचित्रहरू बनाएर प्रतिस्पर्धात्मक रूपमा प्रदर्शन गरिएको थियो।

अंग्रेजी तथा अन्य विदेशी चलचित्रसरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धिको उद्देश्यका साथ सञ्चालन गरिएको मास्टरक्लासलाई अस्ट्रेलियामा चलचित्रमा स्नातकोत्तर गरेका सरोजकुमार चौहानले नेतृत्व गरेका थिए। चलचित्र विकास बोर्डको प्रेक्षालयमा सम्पन्न मुभि स्क्रिनिङ एवं फिल्ममेकिङ मास्टरक्लास क्लोजिङ समारोहमा प्रतिस्पर्धाको निर्णायकहरूमा पूर्णेन्दु झा, दीपेन्द्र गौचन, सुशन प्रजापति, गौतम धिमाल थिए।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सहभागी तथा विजेतालाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरे। टिम सिक्स बडिजले निर्माण गरेको चलचित्र ‘सिगरेट’ले अभिनय, निर्देशन, कला, स्कृप्ट, प्रोडुसरसहित उत्कृष्ट चलचित्र बन्न सफल भयो। यो चलचित्रको कथा तथा निर्देशन आरडी लामाले गरेका थिए।

त्यस्तै, टिम युनिटीको चलचित्र ‘गिल्टी’ले साउन्ड, छायांकन र सम्पादनतर्फ अवार्ड जितेको छ।