१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ५ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ५ आइतबार १४:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा कांग्रेसको प्रदेश सभा अधिवेशन सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ५ आइतबार १४:१९:oo

नेपाली कांग्रेस काठमाडौंको प्रदेश सभा अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौंको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा ‘क’ र ‘ख’ गरी सबै स्थानको अधिवेशन सम्पन्न भएको हो।

पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि अधिवेशन कार्यतालिका तोके पनि केही निर्वाचन क्षेत्रमा भने शनिबार अधिवेशन सम्पन्न भएको थियो। क्षेत्र नं. १ (क) मा प्रह्लादबहादुर कार्की र (ख) मा सुमनकुमार श्रेष्ठ, क्षेत्र नं. २ को (क) मा ध्रुव अधिकारी र (ख) मा उद्धव खड्का, क्षेत्र नं. ३ को (क) मा श्रीराम चालिसे र (ख) मा विमल ठकुरी, क्षेत्र नं. ४ को  (क) मा विमलकुमार होडा र (ख) मा रामप्रसाद लुइँटेल सभापतिमा विजयी भएका छन्। 

यस्तै, क्षेत्र नं. ५ को (क) मा दिनेश डंगाेल र (ख) मा राजु खड्का, क्षेत्र नं. ६ को (क)  मा ख्यामराज तिवारी र (ख) मा विष्णुभक्त तिमल्सिना, क्षेत्र नं. ७ को  (क) मा नवीन मानन्धर र (ख) मा वासुदेव लामा सभापतिमा निर्वाचित भाएका छन्।  यसैगरी, क्षेत्र नं. ८ को (क) मा इन्द्रमानसिंह सुवाल र (ख) मा शिव खनाल, क्षेत्र नं. ९ को (क) मा मोहनबहादुर बस्नेत र (ख) मा राजेन्द्र भट्टराई तथा क्षेत्र नं. १० को (क) मा शैलेश मानन्धर र (ख) मा धर्मानन्द श्रेष्ठ निर्वाचित भएका छन्।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन मंसिर ६ गते, जिल्ला अधिवेशन मंसिर १० गते, प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदै छ। रासस