१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर ४ शनिबार ०९:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको मतगणनास्थलमा झडप हुँदा पाँच घाइते

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ४ शनिबार ०९:५१:००

शेरबहादुर देउवा पक्षले आक्रमण गर्दा रामचन्द्र पौडेल पक्षका कार्यकर्ता घाइते, जेनेटर बन्द गरी आक्रमण

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ ’क’ को मतगणना चलिरहेको अवस्थामा झडप हुँदा पाँचजना घाइते भएका छन् । कांग्रेसको पार्टी कार्यालय भैरहवामा भएको मतगणनाका क्रममा गएराति साढे २ बजे झडप भएको हो । झडपमा रामचन्द्र पौडेल पक्षका कार्यकर्ता घाइते भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले आक्रमण गर्दा क्षेत्रीय सचिवको उम्मेदवार तथा नेविसंघ रुपन्देहीका पूर्वअध्यक्ष शैलेश पन्थ गम्भीर घाइते भएको पौडेल पक्षले जनाएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको नाकमा गम्भीर चोट लागेको छ ।

प्रदेश ३ ’क’ को निर्वाचनमा पौडेल पक्षबाट सभापतिमा पुरन श्रेष्ठ र संस्थापनबाट सुरेन्द्रजंग थापा उमेदवार छन् । निर्वाचन सकिएपछि हिजो साँझदेखि नै मतगणना सुरु भएको थियो । सदस्यहरूको मतगणना सकेर पदाधिकारीको मतगणना सुरु गर्दा आक्रमण भएको थियो ।

पौडेल पक्षका सभापति पदका उम्मेदवार पुरन श्रेष्ठले सोम गुरुङको नेतृतवमा आएको टोलीले आक्रमण गरेको बताए । आक्रमणमा उत्रिएको समूहले जेनेरेटर बन्द गरी आक्रमण गरेको थियो । यहाँ कांग्रेसको नेतृत्व चयन गर्न ३३८ मतदाता रहेका छन् । झडपका कारण अहिले मतगणना कार्य स्थगित गरिएको छ ।