मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर २ बिहीबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर २ बिहीबार १३:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनुपर्छ : अर्थमन्त्री शर्मा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २ बिहीबार १३:३२:oo

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनुपर्ने बताएका छन्। बुधबार काठमाडाैंमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले नेपालमा उत्पादनमूलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रहसमेत गरेका छन्। उनले भारतमा उत्पादन हुँदै आएको फर्मा ट्याक्टर उत्पादक कम्पनीले नेपालमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि बताए। उनले भारतबाट आयात गर्ने मात्र नभई नेपालमा नै उद्योग खोलेर बाहिर निर्यात गर्नुपर्ने बताए। 

मन्त्री शर्माले भने, ‘नेपालमा भारतको तुलनामा श्रम सस्तो छ। बिजुली भारतको भन्दा १४ रुपैयाँ सस्तो छ।  भारतमा उद्योगले प्रतियुनिट २० रुपैयाँ तिर्ने गरेका छन्। तर, नेपालमा उद्योग खोले ६ रुपैयाँ प्रतियुनिट बिजुली दिन्छौँ। उद्योगलाई चाहिने जग्गालगायत अन्य सबै सुविधासहित आवश्यक कर छुटसमेत सरकारले दिन्छ। फर्मा ट्याक्टरले नेपालमा कारखाना खोलेर अन्य देशमा निर्यात गर्न मेरो आग्रह छ।’

मन्त्री शर्माले नेपालमा कृषिलाई आधुनिक प्रविधिसँगै जोडेर उत्पादनलाई वृद्धि गर्न आवश्यक रहेको पनि बताए। उनले नेपालको हावा, पानी र माटो कृषि उत्पादनका लागि प्रशस्त स्रोतहरू भएको बताउँदै त्यस्ता स्रोतहरू प्रविधिसँग संयोजन गरी उत्पादन वृद्धि गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए। उनले भने, ‘अहिले मुलुक आयातमा परनिर्भर हुँदै आएको छ। अब आयातलाई प्रतिस्थापन गर्ने सरकारको उद्देश्य छ। कृषि पर्यटन र जलविद्युत् हाम्रा उत्पादनका मुख्य क्षेत्र हुन्।  अब हामीले साझा प्रतिबद्धता गरेर जानुपर्ने आवश्यक छ। यो क्षेत्र तत्काल रोजगारी सिर्जना गर्ने क्षेत्र हो। त्यसैले यसमा लगानी बढाउनुपर्छ।’

कृषि ग्रुपअन्तर्गतको यति टेक्निक फार्मले सार्वजनिक गरेको फर्मा ट्याक्टर युरोपेली प्रविधिको ट्याक्टर हो। यसले नेपालमा कृषिमा आधारित समुदायको गुणस्तरमा सुधार हुने र उद्यम, उद्यमशीलतामा विकास हुने पनि उनले बताए।