१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर २ बिहीबार ०७:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

न्यायालयको गतिरोध अन्त्यका लागि अग्रसरता लिन सरकार, संसद् र दलहरूलाई पत्रकार महासंघको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर २ बिहीबार ०७:०९:००

नेपाल पत्रकार महासंघले न्यायालयको गतिरोध अन्त्यका लागि अग्रसरता लिन सरकार, संसद् र राजनीतिक दलहरूलाई आग्रह गरेको छ । गम्भीर विषयमा दलहरूले आश्चर्यजनक मौनता साँधेकोमा महासंघले ध्यानाकर्षण भएको जनाएको छ । 

‘मुलुकको संवैधानिक निकाय सर्वोच्च न्यायालयमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले देखाएको आश्चर्यजनक मौनताप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ संसद्, सरकार र राजनीतिक दललाई समस्या समाधानका लागि आवश्यक पहल र अग्रसरताको लागि अपिल गर्दछ,’ महासंघका महासचिव रोशन पुरीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल बार एसोसिएसन र नागरिक तहबाट उठेका प्रश्नहरूमा उच्च नैतिकता प्रदर्शन गर्न महासंघले न्यायालय नेतृत्वलाई आग्रह गरेको छ । ‘आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल पु¥याउन महासंघ आग्रह गर्दछ । महासंघ नेपाल बार एसोसिएसनले उठाएका सवाल र नागरिक तहबाट उठेका प्रश्नलाई गम्भीर रूपमा लिँदै उच्च नैतिकता प्रदर्शन गर्न र गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई हार्दिक आग्रह गर्दछ,’ महासंघले भनेको छ ।