१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १ बुधबार १९:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कतारविरुद्धको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालको कब्जामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १ बुधबार १९:०८:००

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज कब्जा गरेको छ । पहिलो र दोस्रो खेल जित्दै नेपालले तीन खेलको सिरिज कब्जा गरेको हो । 

बुधबार भएको दोस्रो खेल नेपालले कतारलाई ६१ रनले हरायो । कतारको दोहामा बुधबार भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । 

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ५० रनको योगदान दिइन् । उनले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक अर्धशतक प्रहार गरेकी हुन् । कविता कुँवरले ३१ रनको योगदान दिइन्। अप्सरी बेगम २३ रन र कविता जोशी शून्य रनमा अविजित रहे।

कतारकी  एन्जेलिनले दुई तथा एलिना, साची र सबिजाले एक एक विकेट लिए। 

जबाफी ब्याटिङ गरेको कतारले १९.३ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र बनायो । नेपालकी सरस्वती कुमारीले चार विकेट लिइन् । 

नेपालले यसअघि मंगलबार भएको पहिलो खेलमा कतारलाई एक सय १९ रनले हराएको थियो । अन्तिम खेल बिहीबार हुनेछ ।