Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १ बुधबार १६:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : डडेल्धुरा अधिवेशनप्रति असन्तुष्ट पक्षद्वारा सानेपामा अनशन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १ बुधबार १६:५८:००

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडा अधिवेशनप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता कार्यकर्ताले पार्टी कार्यालय सानेपामा अनशन सुरु गरेका छन्। 

१४ओँ महाधिवेशनअन्तर्गत  डडेल्धुरामा सम्पन्न वडा र पालिका अधिवेशनप्रति असहमति जनाउँदै संस्थापनइतर समूहका नेता तथा कार्यकर्ताहरूले केन्द्रीय कार्यालय सानेपामा आजदेखि अनसन सुरु गरेका हुन्। अनशनमा नेविसंघ नेता भुवन भट्टलगायत २१ जना सहभागी छन्। 

उनीहरूले हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैध ढंगले थपिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने र वडा तथा पालिका अधिवेशन एकलौटी भएकाले बदर गरी पुनः सहमतिमा अधिवेशन गराउनुपर्ने माग राखेका छन्।  

गत भदौ २५ मा डडेल्धुरामा जिल्ला सभापति कर्णबहादुर मल्ललगायतको विरोधका बीच वडा अधिवेशन भएको थियो। कांग्रेस निर्वाचन समितिले भने यसबारे परेको उजुरी छानविन गरी अधिवेशनलाई मान्यता प्रदान गरीसकेको छ।