१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o८:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल–भारतबीच सातामा ५६ उडान पुर्‍याउन भारतको प्रस्ताव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:२२:oo
  • भारतको मुम्बई र बैबेंग्लोरमा पनि पुनः उडान सुरु गर्ने तयारी
  • अहिले दुवै देशका राष्ट्रिय ध्वजाबाहकले काठमाडौं–दिल्ली हप्तामा १४ उडान गरिरहेका छन्
  • एयर बबल सम्झौता हटेपछि स्वतः कोभिडअघिकै अवस्थामा फर्किने हुँदा निजी वायुसेवालाई पनि खुला हुने

नेपाल–भारतको सीधा हवाई सेवा सातामा २८–२८ पुर्‍याउन भारतले नेपाललाई प्रस्तावपत्र पठाएको छ । अहिले दुवै देशका राष्ट्रिय ध्वजाबाहकले काठमाडौं–दिल्ली हप्तामा सात–सात उडान गर्दै आइरहेका छन् । कोभिडपछि काठमाडौं–दिल्ली नियमित उडान भए पनि मुम्बई र बैंग्लोरमा उडान सुरु भएको छैन । महामारीपछि भारतसँगको एयर बबल सम्झौताबमोजिम सीमित उडान जारी छ । भारतले सोमबार एयर बबल सम्झौता संशोधन गरेर उडान संख्या बढाउन पत्र पठाएपछि नेपालले मुम्बई र बैंग्लोरमा पनि उडान सुरु गर्ने तयारी गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार ‘एयर बबल सम्झौताबमोजिम दुई देशका राष्ट्रिय ध्वजाबाहकले काठमाडौं–दिल्ली सातामा १४ (सात–सात) वटा मात्र उडान गर्न पाउँछन् । दुवै मुलुकमा यात्रुको मुभमेन्ट बढ्दै गएपछि नेपालले पहिल्यैदेखि उडान संख्या बढाउन र अरू गन्तव्य पनि खुला गर्न चासो राख्दै आइरहेको’ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनले भने, ‘ढिलै भए पनि भारतले उडान संख्या बढाउन पत्राचार गरेको छ, तर पत्रमा विस्तृत भने खुलाइएको छैन ।’

नेपालका उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतका उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धियाबीच गत साता नयाँदिल्लीमा भएको भेटमा एयर बबल हटाउने छलफल भएको थियो । त्यसपछि भारतले नेपालस्थित आफ्नो दूतावासमार्फत उडान बढाउने विषयमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेको उपप्रबन्धक भुलले बताए । भारतले उडान बढाएर सातामा २८–२८ पुर्‍याउने पत्रमा उल्लेख गरे पनि निजी कम्पनीको स्वीकृतिको विषयमा खुलाएको छैन । तर, एयर बबल सम्झौता हटेपछि स्वतः कोभिडअघिकै अवस्थामा फर्किने हुँदा निजी वायुसेवालाई पनि उडान खुला हुने उनको भनाइ छ ।  

नेपाल र भारतबीच नोभेम्बरसम्मका लागि एयर बबल सम्झौता भएको हो । डिसेम्बरदेखि कोडिभअघिकै अवस्थामा फर्किने तयारी भइरहेको क्यानको भनाइ छ । क्यानले छिट्टै भारतले पठाएको पत्रको जवाफ फर्काउन छलफल गरिरहेको छ । ‘हामी उडान बढाउन पूर्ण तयार छौँ, कुनै समस्या छैन, नेपालमा कोभिड पनि कम हुँदै छ, खोप लगाउनेहरू बढ्दै छन्, उडान र गन्तव्य बढाउँदा यात्रुलाई पनि लाभ हुनेछ भनेर भारतलाई पत्र पठाउनेछौँ,’ उपप्रबन्धक भुलले भने । भारतले नेपाली निजी वायुसेवा हिमालय एयरलाइन्सलाई उडान अनुमति दिएको छैन । बुद्ध एयरले काठमाडौं–बनारस नियमित उडान गरेको थियो । तर, भारतका निजी वायुसेवा भिस्तारा र इन्डिगो एयरलाइन्सले नेपालमा उडान गर्दै आइरहेका थिए ।

ad
ad