Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १ बुधबार ०६:२९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

गाउँगाउँमा सासको नाट्य अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १ बुधबार ०६:२९:००

गाउँगाउँमा सासको नाट्य अभियानअन्तर्गत ललितपुर, भक्तपुर र काभ्रेमा क्रमशः भाउजूको व्यथा, नांगो बस्ती र आरुबारीको फूल लघुनाटक प्रदर्शन भएको छ । सासले पहिलो चरणको अभियान सकेर दोस्रो चरणअन्तर्गत धादिङ, चितवन, मकवानपुर र दोलखामा नाटक देखाउन पूर्वाभ्यास गरिरहेको छ । 

परिवर्तन रंगकक्ष तिनकुनेमा दोस्रो चरणअन्तर्गतका लागि रंगकर्मीहरू पूर्वाभ्यासमा व्यस्त छन् । अभियानका सञ्चालक एवं निर्देशक ठण्डबहादुर अधिकारी सास हुन् भने उनलाई रंगकर्मी प्रह्लाद खरेलले सहयोग गरिरहेका छन् । नेपाली समाजलाई रंगमञ्चसँग जोडी कला संस्कृतिमार्फत राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ भनेर अभियान अघि बढाएको नाटक निर्देशक अधिकारीले बताए ।

नाट्य अभियान तेस्रो र चौथो चरणसम्म चल्ने, फरकफरक स्थान र विषयमा मञ्चन गरिने निर्देशक अधिकारीले बताए । मञ्चित नाटक भाउजूको व्यथामा एकल महिलाले समाजमा भोग्नु परेको पीडा समेटिएको छ । यस्तै नांगो बस्ती नाटकमा समाज पुरुषविहीन हुँदा लास पनि महिलाले उठाउनुपरेको र आरुबारीको फूलमा नेपाल आमाले राज्य खोज्दै गर्दा विकास र शान्ति पनि हराइरहेका रैछन् भन्ने विम्बात्मक शैलीमा कलात्मक प्रयोग गरिएको छ । सास उपनामले परिचित निर्देशक अधिकारी लामो समयको अमेरिका बसाइपछि नेपाली रंगमञ्च र चलचित्र क्षेत्रमा फर्केका हुन् ।

सासको नाट्य अभियानमा रंगकर्मी विश्वदीप घिमिरे, प्रह्लाद खरेल, मञ्जु गिरी, अशोक पहरी, प्रिया भुजेल, शशीशेखर बुढाथोकी, पूर्णिमा थामी, शान्ति भट्टराईलगायत सहभागी छन् ।