१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २९ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २९ सोमबार o६:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

पुसमा चितवन अन्तर्राष्ट्रिय  औद्योगिक प्रदर्शनी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २९ सोमबार o६:३६:oo

चितवन उद्योग संघले नेपाल उद्योग परिसंघसँगको सहकार्यमा पुस २ देखि ४ गतेसम्म छैटौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्ने भएको छ । चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राट्रिय गरी दुई सयभन्दा बढी स्टलहरू रहने बताइएको छ । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले संघले प्रदर्शनी आयोजना गर्न लागेको आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । 

प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सिफारिसमा लघु, घरेलु तथा साना उद्यमी र महिला उद्यमीहरूका लागि ३० वटा निःशुल्क स्टलको व्यवस्था गरेको छ । यस्तै, राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका औद्योगिक उपकरणको समेत प्रदर्शनी हुनेछ । उद्योगीहरूलाई प्रदर्शनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास आयोजकले लिएको छ । 

प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरूलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने स–साना औजार, मेसिनदेखि ठूला उद्योगका अत्याधुनिक यन्त्र–उपकरणहरू र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र–उपकरणको प्रदर्शनी हुने बताइएको छ । यो प्रदर्शनीले मुलुकको औद्योगिक विकासमा पनि सहयोग पुर्‍याउने विश्वास संघको छ । यो प्रदर्शनी नेपाली उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने तथा नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त थलो बन्ने आयोजकले बताएको छ । पर्यटकीय र व्यापारिक नगरीको परिचय बनाउँदै अघि बढेको चितवनमा औद्योगिक सम्भावना पनि प्रशस्त रहेको आयोजकको विश्वास छ ।

ad
ad
ad
ad