मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक २६ शुक्रबार २o:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बार आन्दोलनले खोजेको जवाफ : अझै सम्मानजनक बर्हिगमनको बाटो कि समय घर्केपछि अपमानजनक पदच्यूत ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २६ शुक्रबार २o:o६:oo

शुक्रबार कानुन व्यवसायीले प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतमा प्रवेश रोक लगाउन आन्दोलन गर्‍यो। पछिल्लो समय उत्कर्षमा पुग्दै गएको प्रधानन्यायाधीश प्रकरणले बिहीबारबाट उत्कर्षको रूप लिएको छ। बार आन्दोलनले अब प्रधानन्यायाधीशको बर्हिगमनबाहेकको विकल्प देखिरहेको छैन। बारले प्रधानन्यायाधीशलाई तत्काल राजीनामा दिएर सम्मानजन बर्हिगमनको बाटो रोज्ने या समय घर्केपछि अपमानजनक रूपमा पदच्यूत गर्नुपर्ने अवस्था निम्त्याउनेबारे सोच्न दबाब दिँदै आएको छ। बारले कुनै पनि रूपमा न्यायिक नेतृत्वमा जबरालाई स्विकार्न नसकिने निष्कर्ष निकालिसकेको छ। नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ प्रधानन्यायाधीश जबराकै कारण आफूहरू सडकसम्मको आन्दोलनको बाटो तय गर्न बाध्य भएको बताउँछन्। 

उनी न्यायालयको साख जोगाउन पहिलो कदम जबराको बर्हिगमन नै भएको जिकिर गर्छन्। जबरा भ्रष्ट्राचारमा लिप्त भएको र बिचौलियाको संरक्षणमा लागेकाले  बर्हिगमनका लागि बाध्य बनाउन प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारमा समेत प्रवेश निषेधको लागि बाध्य हुने उनकाे चेतावनी छ। ‘सर्वोच्चमा मात्र होइन बालुवाटारमा पनि प्रवेश निषेध गर्नेछौँ । आइतबार पनि आजको जस्तै धर्ना हुनेछ । आजको बेन्च बहिष्कार गरेका छौँ ।न्यायका लागि प्रधानन्यायाधीशको बहिर्गमनको लागि सेवाग्राहीलाई पनि आग्रह गर्छु,’उनले भने,‘हामी सडकम जान चाहेका थिएनौँ बाध्य पारेर सडकमा पुर्‍याइयो।’ निकासमा सरकार राजनीतिक दलले आँखा चिम्लिए, आन्दोलन त्यतातर्फ समेत सोझिने उनकाे चेतावनी छ  । 

कानुन व्यवसायीहरू न्यायालयको निकासका लागि राजनीतिक दलहरू मौन रहँदा गतिरोध लम्बिएको निष्कर्ष निकाल्छन्। नेपाल बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहालले बारले जबराको बर्हिगमनलाई गन्तव्य बनाएर सुरु गरेको आन्दोलन हरहालतमा पुरा गरेरै छाड्ने बताए। ‘बारले जे सोच्छ त्यो गरेर छाेड्छ । आन्दोलनको ज्वारभाटाले न्यायलयको विकृति हटाउँछ,’ सम्मानजनक बहिर्गमन भनेको राजीनामा नै हो । समय घर्केमा पदच्यूतको बाटोमा जान्छ । बहिर्गमनको बाटो नरोजी सुख छैन। यतिवेला राजनीति दल पनि आफ्नो कुरा बोल्न बाध्य हुनेछन्। सरकारको अकर्मण्यताको विरुद्धमा पनि आन्दोलन सोझिन सक्छ दहलरूले विचार गर्नुस्।’  

सुरक्षा घेराभित्र रहेर कतिञ्जेल प्रधानन्यायाधीश?
बारका पदाधिकारी र कानुन व्यवसायीहरू अब जबरा सम्पूर्ण रूपमा बहिष्कार भइसकेको र सम्मानित बर्हिगमनको अवसरसमेत गुमाइसकेको निष्कर्ष निकाल्छन्। उनीहरू अब प्रधानन्यायाधीशका रूपमा जबरा सहकर्मी न्यायाधीश, न्याय समाज धेरै समय सुरक्षा घेरामा जोगिएर रहन नसक्ने जिकिर गर्छन्। नेपाल बारका पूर्वसचिव विजय मिश्र बारको इतिहासमा प्रधानन्यायाधीशलाई न्यायालय प्रवेशमा रोक लगाउनुपर्ने अवस्था दुःखद भएको मत राख्छन्। ‘सहीलाई सही गलतलाई गलत भन्नुपर्नेमा पैसामा बिकेका कारण यो आन्दोलन गर्नुपरेको हो । न्यायाधीशहरूको स्वाभिमान आँच पुगेको छ । न्यायालय बिक्री गर्ने व्यक्तिलाई न्यायालयमा बस्ने हक छैन,‘बारलाइ कुल्चेर सुरक्षा गार्डको भरमा न्यायालय प्रवेश गर्ने व्यक्तिलाई प्रधानन्यायाधीश भएर बसिरहने अधिकार छैन । ’वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापा सबै कुरा सकिएपछि पनि कुर्सी नछाड्नु भनेको न्यायालयलाई बन्ध्याकरण गर्नुजस्तै भएको संज्ञा दिन्छन्। उनले कुर्सी नछाडेसम्म आन्दोलन जारी रहन्छ । न्यायमा अवरोध गरेर उनले सर्वाेच्चलाई बन्ध्याकरण गर्ने काम गरिरहेका छन्,’उनले भने,‘बहिर्गमन हुन्छ नै हुन्छ । कुन प्रकारको भन्ने मात्र हो।  सैनिक र पुलिसको घेराबाट अदालत प्रवेश गरेर न्याय अब उहाँले न्याया दिन सक्नुहुन्न।’