देशभर आजदेखि १२औँ राष्ट्रिय जनगणना सुरु भएको छ। आज बिहान शीतलनिवासमा पुगेर गणकहरूको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक तथ्यांक संकलन गरेसँगै औपचारिक रूपमा जनगणना सुरुवात गरिएको हो।
‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने नारासहित सुरु भएको जनगणना मंसिर ९ गते सकिनेछ। जनगणनाका लागि ४० हजार गणक र आठ हजार पाँच सय सुपरिवेक्षक खटाइएको छ। जनगणनाका लागि ललितपुरमा खटाइएका गणकहरूले यसरी तथ्यांक संकलन गरिरहेका छन्।