दाङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार शान्तिनगर गाउँपालिका– १ की ७० वर्षीया जरसिङ कामीको भिरबाट लडेर मृत्यु भएको हो ।
घरनजिकै पूर्वतर्फ रहेको भिरबाट उनी लडेकी थिइन् । भिरबाट १२ मिटर तल उनको शव भेटिएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ ।