१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २५ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २५ बिहीबार १२:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने नेपाल बारको घोषणा (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २५ बिहीबार १२:४१:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने नेपाल बारले घोषणा गरेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार १० बजे अधिवक्ताहरू अदालतमा उपस्थित भएर जबरालाई अदालत प्रवेश गर्न रोक्ने बताए। 

बारको आन्दोलनमा आज प्रहरीले हस्तक्षेप गरेको थियो। सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच भएको झडपमा बारका महासचिव लीलामणि पौडेलसहितका अधिवक्ता घाइते भएका छन्। शुक्रबारबाट आन्दोलनको स्वरूप फेरिने सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताए। प्रधानन्यायाधीशको भौतिक उपस्थिति रोक्न उपत्यकालगायतका कानुन व्यवसायीलाई परिचालन गर्ने उनले बताए।