मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २५ बिहीबार ०६:०७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईका ग्राहकले एनसेलको सहयात्री सिम पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २५ बिहीबार ०६:०७:००

ग्लोबल आइएमई बैंकका ग्राहकले एनसेलको सहयात्री सिम र यसमा पाइने विभिन्न सेवा–सुविधाको लाभ लिन सक्ने भएका छन् । ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिमकार्ड निःशुल्क पाउने भएका हुन् । 

एनसेल र बैंकबीच यस सम्बन्धमा सम्झौता भएको कम्पनीले जनाएको छ । ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता वैदेशिक रोजगारीमा जाने कामदार, उनीहरूका परिवार र रेमिट्यान्स आम्दानी भएका व्यक्तिहरूका लागि विशेष बचत खाता रहेको जनाइएको छ । सम्झौताअनुसार ग्लोबल बैंकमा खाता खोल्ने ग्राहकले १२ महिनासम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ । सिमकार्डमा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्ने जनाइएको छ । 

त्यस्तै, सिम सुचारु भएको पहिलो दुई दिनमा भएको एक सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ग्राहकले एक सय मिनेट अन नेट टक टाइम र एक सय एमबी डेटा प्राप्त गर्दछन् । प्राप्त सेवा–सुविधा सात दिनका लागि मान्य हुने जनाइएको छ । यसका साथै ग्राहकले १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस पाउनेछन् । यसका साथै भारत, मलेसिया तथा खाडी देशमा कल गर्ने शुल्कमा छुटको फाइदा पनि पाउने जनाइएको छ । 

सहयात्री सिममा ग्राहकका लागि एनसेल जब सपमा एक महिनाको निःशुल्क पहुँच र मासिक प्लानमा ५० प्रतिशत छुट पनि रहेको कम्पनीले जनाएको छ । यसका साथै ग्राहकले कल आयो पैसा पायो, बिप सेवा तथा निश्चित स्थानमा निःशुल्क रोमिङ सेवाजस्ता सेवा पाउने जनाइएको छ । इच्छुक विद्यमान् सहयात्री सिमका ग्राहकले पनि यस योजनाको लागि योग्य भएमा ग्लोबल बैंकको बैंकिङ सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।  १८ वर्ष वा सो भन्दामाथिका वैदेशिक रोजगारीमाजान इच्छुक कामदार वा रेमिट्यान्स आम्दानीको स्रोत रहेका नेपालीहरू यो योजनाको लागि योग्य रहेको जनाइएको छ ।