मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक २४ बुधबार १३:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा संघीय सरकारको सिको, सरकार सञ्चालनका लागि समन्वय कार्यदल गठन

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २४ बुधबार १३:२४:००

संघीय सरकारको सिको गर्दै बागमती प्रदेशमा पनि प्रदेश सरकार सञ्चालन समन्वय कार्यदल गठन गरिएको छ । बागमती प्रदेश सरकार सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यका लागि भन्दै सत्तागठबन्धनको सहमतिमा कार्यदल गठन गरिएको हो। पूर्वसामाजिक विकासमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको जनाइएको छ। 

मुख्यमन्त्री राजेन्द्र पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सहमति र छलफलअनुसार कार्यदल गठन गरिएको दुलालले बताए। उनले कार्यदलको सदस्यहरूमा माओवादीबाट बुद्धिमान माझी, कांग्रेसबाट राधा घले, प्रभात तामाङ र नेकपा एकीकृत समाजवादीबाट माधव पौडेल, मीना ज्ञवाली रहेको जानकारी दिए। 

कार्यदलले गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम तयार गर्ने, गठबन्धनबीच सहमति, सहकार्य, समझदारी कायम गर्ने र सरकारको कार्यक्रम कार्यान्वयनलाई मितव्ययी, प्रभावकारी, भ्रष्टाचार शून्य बनाउने काम गर्ने संयोजक दुलालको दाबी छ। उनका अनुसार कार्यदलले सरकार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्नेछ।