१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २४ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक २४ बुधबार o८:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ग्राहकको पैसा मिटरब्याजमा लगाउने बैंक प्रबन्धक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक २४ बुधबार o८:१३:oo

ग्राहकले निक्षेप खातामा जम्मा गरेको पैसा निकालेर मिटरब्याजमा लगाउने सिन्धु विकास बैंक काभ्रे दोलालघाट शाखाका प्रबन्धक सुमन खरेल पक्राउ परेका छन् । उनले एक करोडभन्दा धेरै रकम हिनामिना गरेको उजुरी बैंकले नै गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

ग्राहकहरूले जम्मा गर्न ल्याएको निक्षेप उनी चिनजानका व्यवसायीलाई मिटरब्याजमा लगाउने गर्थे । हरेक महिनाको अन्तिममा ब्याजसहित ग्राहकको खातामा पैसा राखेर हिसाब मिलाउँथे ।

तर, पछिल्लो केही महिनायता त्यसरी ब्याजमा लगाएको पैसा नउठेपछि उनको अवैध धन्दा खुलेको थियो । घटनामा बैंकका अन्य कर्मचारीले पनि उनलाई सघाएको आशंका गरिएको छ ।